काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा ४१ लाख ७० हजार कित्ता ५९७ संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको २५ हजार ८५८ कित्ता रहेको छ ।
कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेको कर्मचारीहरुको हकमा भने खरिद÷बिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।