काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले सर्वसधारणलाई निष्काशन गरिएको शेयर बाँडफाँड गरेको छ ।
कालंगा हाइड्रोले २०८३ साल जेठ २७ गते शेयर बाँडफाँड गरेको हो । कालंगा हाइड्रोले २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँड गरेको छ । काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा शेयर बाँडफाँडको कार्यक्रम भएको हो । कालंगा हाइड्रोले यही जेठ ८ गते शेयर निष्काशन खुल्ला गरेको हो ।
शेयर निष्काशन बन्द भने यही जेठ १३ गते गरेको कम्पनीले जनाएको छ । २८ लाख ६० हजार ७ सय ६६ आवेदकले ३ करोड ११ लाख ४ हजार ७ सय ८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । २ लाख ८७ हजारमा २८ लाख ७० हजार कित्ता शेयर बाँडफाँड भएको हो ।
बैदेशिक रोजगारीमा जाने कोटामा ३३ हजार ३ सय ५० आवेदकले ३ लाख ९३ हजार ९ सय ४० कित्ता शेयरका लागि आवेदन दिएको थिए । आयोजनाबाट प्रभावित २ हजार ८ सय ५५ स्थानीयले ३६ हजार ४ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । प्रोमोटर कोटामा ५६ आवेदकले ६ सय ५० कित्ता शेयरमा आवेदन दिएका छन् । कर्मचारी कोटामा ६ जना आवेदकले ६० कित्ता शेयरमा आवेदन दिएका हुन् ।

