काठमाण्डौ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका उच्च तहका अधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउने समय असार मसान्तसम्म थप गरेको छ।
आयोगले यसअघि तोकेको जेठ मसान्तको समयसीमा सकिनै लाग्दा अपेक्षित सहभागिता नदेखिएपछि अन्तिम अवसरका रूपमा म्याद थप गर्ने निर्णय गरेको हो।
आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो।
तर, प्रारम्भिक सूचनाअनुसार समयसीमा सकिन तीन दिन बाँकी रहँदा करिब ३,५०० जनाले मात्र विवरण बुझाएका छन्, जुन लक्षित समूहको तुलनामा निकै कम हो।

