काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आएको छ।
कम्पनीको सेयर ‘एपिएचएल’ संकेतअन्तर्गत दोस्रो बजारमा किनबेच हुन थालेको हो।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा भएको थियो।
सोही मूल्यलाई आधार मानेर नियमित कारोबार शुरु गरिएको नेप्सेले जनाएको छ।
यसअघि सोमबार कम्पनीको कुल ४७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
सूचीकृत सेयरमध्ये १४ लाख १० हजार कित्ता सर्वसाधारणको हिस्सा रहेको छ भने बाँकी ३२ लाख ९० हजार कित्ता संस्थापक समूहको स्वामित्वमा रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो।
कम्पनीको वित्तीय अवस्था तथा नेटवर्थका आधारमा यस्तो मूल्य दायरा निर्धारण गरिने व्यवस्था छ।
कारोबार अवधिसम्म कम्पनीको सेयर मूल्य २.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता ३०८ रुपैयाँ ६० पैसासम्म पुगेको छ।

