शनिबार, फाल्गुन २,२०८२ 04:03:51
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 04:03:51
Bizshala
Global IME Bank Limited

‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौं । आज बजारमा दिनभर घटेर कारोबार भयो । इन्ट्रा डेमा सकारात्मक भएता पनि अन्त्यमा भने बजार ३१.५० अंकले घटेर बन्द भयो । बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा आज पनि वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । त्यसैगरि, बजारलाई आवरली टाइमफेरेममा नियाल्दा यो साताको पछिल्लो कारोबारमा नेप्सेमा  ‘डबल टप’ प्याटर्न बनेको छ । बढ्दो बजारमा डबल टप प्याटर्न बन्छ भने बजारमा बिक्रीकर्ता हाबी भएको मानिन्छ ।

तर यस विपरित घट्दो बजारमा डबल बटम प्याटर्न बन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मानिन्छ । यसअघि ३ हजारको विन्दुबाट खसेको बजार आज २९२९ को विन्दुबाट पनि तल खसेको छ । जसलाई ‘नेक लाइन’ पनि मानिन्छ । प्राविधिक विश्लेषणमा एकपटक बढेको बजार घट्न थालेपछि कति तलसम्म आउछ भन्ने जिज्ञासाको समाधान गर्ने एक विधि भनेको ‘फिवोनासी रिट्रेसमेन्ट’ पनि हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

फिवोनासी गोल्डेन रेसियोको आधारमा बजारको ०.२३ प्रतिशतको सपोर्ट पनि २९२९ मा नै पर्न आउछ ।  जसलाई आज बजारले एकपटक टेष्ट गरेर पनि तल खसेको देखिन्छ । अबको अर्को सपोर्ट भनेको ०.३८ प्रतिशत अर्थात २८६० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्डलाई छोडिसकेको अबस्था रहेको छ । अब बजारले मध्य ब्याण्डमा सपोर्ट लिन सक्छ । आरएसआई ओभर बट जोनमा एम प्याटर्न बनाएर खसेर ६३ को तहमा चलेको देखिन्छ । एमफआइमा भने यस अघि नै बियरिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

कारोबार तथा भोल्यूमबाट नियाल्दा भने आज अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढेको  देखिन्छ । जसलाई खासै राम्रो मान्न सकिन्न । यद्यपी हालसम्म बजारमा २० दिनको औषत कारोबार भने आएको देखिन्छ । यसले बजार मजबुत नै रहेको र हालको घटाइ बुल भित्रको करेक्सन रहेको भन्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.