काठमाण्डौं । आज बजारमा दिनभर घटेर कारोबार भयो । इन्ट्रा डेमा सकारात्मक भएता पनि अन्त्यमा भने बजार ३१.५० अंकले घटेर बन्द भयो । बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा आज पनि वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
यसले घट्दो बजारलाई संकेत गर्छ । त्यसैगरि, बजारलाई आवरली टाइमफेरेममा नियाल्दा यो साताको पछिल्लो कारोबारमा नेप्सेमा ‘डबल टप’ प्याटर्न बनेको छ । बढ्दो बजारमा डबल टप प्याटर्न बन्छ भने बजारमा बिक्रीकर्ता हाबी भएको मानिन्छ ।
तर यस विपरित घट्दो बजारमा डबल बटम प्याटर्न बन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मानिन्छ । यसअघि ३ हजारको विन्दुबाट खसेको बजार आज २९२९ को विन्दुबाट पनि तल खसेको छ । जसलाई ‘नेक लाइन’ पनि मानिन्छ । प्राविधिक विश्लेषणमा एकपटक बढेको बजार घट्न थालेपछि कति तलसम्म आउछ भन्ने जिज्ञासाको समाधान गर्ने एक विधि भनेको ‘फिवोनासी रिट्रेसमेन्ट’ पनि हो ।
फिवोनासी गोल्डेन रेसियोको आधारमा बजारको ०.२३ प्रतिशतको सपोर्ट पनि २९२९ मा नै पर्न आउछ । जसलाई आज बजारले एकपटक टेष्ट गरेर पनि तल खसेको देखिन्छ । अबको अर्को सपोर्ट भनेको ०.३८ प्रतिशत अर्थात २८६० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्डलाई छोडिसकेको अबस्था रहेको छ । अब बजारले मध्य ब्याण्डमा सपोर्ट लिन सक्छ । आरएसआई ओभर बट जोनमा एम प्याटर्न बनाएर खसेर ६३ को तहमा चलेको देखिन्छ । एमफआइमा भने यस अघि नै बियरिस डाइभर्जेन्स बनेको देखिन्छ ।
कारोबार तथा भोल्यूमबाट नियाल्दा भने आज अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढेको देखिन्छ । जसलाई खासै राम्रो मान्न सकिन्न । यद्यपी हालसम्म बजारमा २० दिनको औषत कारोबार भने आएको देखिन्छ । यसले बजार मजबुत नै रहेको र हालको घटाइ बुल भित्रको करेक्सन रहेको भन्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।