जापानको सेयर बजारमा उच्च अंकको वृद्धि
काठमाण्डौ । आज जापानको सेयर बजारमा उच्च वृद्धि भएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ ३.४५ प्रतिशत अर्थात १ हजार २०७.५१ अंकले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ सूचक ३६ हजार २३२.५१ विन्दुमा पुगेको छ । आज प्राविधिक कम्पनीहरुमा आएको उछालका कारण निक्की२२५ मा उच्च अंकको वृद्धि देखिएको हो । आज टोकियो इलेक्ट्रोन लिमिटेड जस्ता अन्य प्राविधिक कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।...