खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित, ईपीएस जम्मा ३.२९ रुपैयाँ
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।