सोमबार, भाद्र १६,२०८२ 11:25:30
  • सोमबार, भाद्र १६,२०८२ 11:25:30
Global IME Bank Limited

दोहोरो आईजीनको व्यवस्था लागू गर्नुपर्ने निश्कर्षमा सेबोन, भदौभित्र कार्यान्वयन भइसक्ने

Hyundai Nepal
दोहोरो आईजीनको व्यवस्था लागू गर्नुपर्ने निश्कर्षमा सेबोन, भदौभित्र कार्यान्वयन भइसक्ने
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक-फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने निश्कर्षमा पुगेको छ ।

सेबोनस्थित एक उच्च स्रोतकाअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक-फरक आइजीन दिने सिडिएससी एण्ड क्लियरिङ लिमीटेडको सिफारिसलाई आवश्यक परिमार्जनसहित अगाडि बढाउने निश्कर्षमा उच्च व्यवस्थापन पुगेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

'दोहोरो आईजीन आवश्यक रहेको सेबोनको निश्कर्ष छ ।' स्रोतले भन्यो-'अब यो विषयलाई सञ्चालक समितिमा लगेर पारित गरी अगाडि बढाउने तयारी भइरहेको छ । भदौभित्र यो विषय कार्यान्वयनमा आइसक्छ ।'

सेबोनले दोहोरो आईजीनको व्यवस्था कार्यान्वयनमा लैजाने गरी आवश्यक निर्णय गर्ने र यो क्रममा संस्थापक सेयरधनीहरुलाई समेत सहज हुने खालको व्यवस्था समेत लागू गर्ने गरी अगाडि बढ्ने देखिएको छ । 'संस्थापक सेयरधनीहरुका लागि समेत सहज व्यवस्था ल्याइनुपर्छ भन्ने कुरामा बोर्ड व्यवस्थापन निश्कर्षमा पुगेको छ ।' स्रोतले भन्यो-'तर दुईवटा आईजीन राखेर अगाडि बढ्ने भन्ने विषयमा चाहिँ अब तलमाथि हुँदैन ।'  

स्रोतका अनुसार दोहोरो आईजीनको व्यवस्था गरेरै अगाडि बढ्ने विषयमा बोर्ड नेतृत्वलाई अर्थमन्त्रालयको सम्बन्धित विभागले समेत साथ दिएको छ । यो विषयमा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अर्थमन्त्रालयको समेत सहमति लिइसकेका स्रोतको दाबी छ । अर्थ मन्त्रालयका अधिकारी समेत दोहोरो आईजीनको व्यवस्थाप्रति सकारात्मक देखिएका छन् । त्यहाँबाट आएको ग्रीन सिग्नलपछि सिडिएससीको दुईवटा आईजीनको व्यवस्था गर्ने विषयमा अध्यक्ष ज्यू सकारात्मक देखिनुभएको छ । आन्तरिक रुपमा दुईवटा आईजीनको नियम लगाएरै अगाडि बढ्ने निश्कर्ष निकालिएको छ ।

यो विषयलाई अगाडि बढाउने गरी मंगलबार(भोलि) सेबोनको बोर्ड बैठक समेत डाकिएको स्रोतको भनाई छ ।  

लामो समयदेखि थियो विवाद

धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ विषय पनि आएका छन् । खासगरि सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजिन दिने अडान राखेपछि यो विषय लामो समयदेखि विवादमा रहेको छ ।

नेप्सेको नेतृत्व दुईवटा आईजीनको विपक्षमा थियो । तर सिडिएससीको कार्यक्षेत्रमा यो विषय पर्ने भएको र उसको सिफारिस सही देखिएकोले सेबोन समेत सकारात्मक बनेको हो।

सीडीएससीले बीमा , बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थालेपछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यसमा देशको नामसहितको नम्बर दिईएको हुन्छ । 

सीडीएससीले 'धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका-२०८२' पारित गरेर सेबोनमा पठाएपछि यो विषय लामो समयसम्म अनिर्णित अवस्थामा थियो । तर, सेबोन दुईवटा आईजीनको पक्षमै देखिएपछि चाँडै यो विषयमा निश्कर्ष आउने देखिएको छ ।  

सर्वसाधारण सेयर लगानीकर्ताहरु २ वटा आईजीन हुनुपर्ने पक्षमा छन् । संस्थापक सेयरधनी र खासगरी जलविद्युत कम्पनीका प्रमोटरहरु भने यसको विपक्षमा छन् ।  

के छ सीडीएसीको निर्देशिकामा ?

सीडीएससीले तयार पारेको धितोपत्र आभौतिकरण निर्देशिका २०८२ मा अब सर्वसाधारणमा जाने सबै कम्पनीेहरुले लकइन अवधिभर २ वटा आइजिन अनिबार्य गरेको छ । तर लकइन अवधि सकिए पछि कम्पनीहरुले साधारण सभाको बैठक बसी धितोपत्र बोर्डको स्वीकृति लिएर एउटै आइजिन बनाउन सक्नेछन ।  

जसको लागि सर्वसाधरणहरुलाई जानकारी दिन २ पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि निर्देशिकमा उल्लेख छ ।  

त्यसैगरि उक्त निर्देशिकाको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘यस निर्देशिकामा लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रमा एउटै आइजिन दिइ लक इन अवधि समाप्त नभएको धितोपत्रको समेत यस निर्देशिका लागू भए पश्च्यात फरक–फरक आइजिन हुनेछ ।’

हाल एउटै आइजिन भएका तर लकइन अवधि नसकिएका कम्पनीहरुलाई समेत यस निर्देशिकाले छुनेछ ।  

सेबोनले प्रस्तावित यो व्यवस्थामा केही परिमार्जन गर्नेछ । लकइन अवधि सकिएलगत्तै बिना झञ्झट संस्थापक सेयरहरुलाई साधारण सेयरमा परिणत गर्ने भरपर्दो व्यवस्था लगायतका विषय थपेर यसलाई फाइनल गर्न लागिएको स्रोतको भनाई छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.