कुमारी बैंकले एकैपटक राख्यो ४५.५७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश...