धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल, वाणिज्य बैंक थप कमजोर बन्दै
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको समूह तथा उपसूचक १३ वटा छन् । जसमध्ये चालु आर्थिक वर्षको १० महिनासम्ममा बीमा समूहबाट सर्वाधिक धितोपत्र सूचीकृत भएका छन् । यसर्थ बीमा समूहले धितोपत्र बजार पुँजीकरणमा सर्वाधिक हिस्सा थप्न सफल भएको छ । नेप्सेमा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा...