बलेफि हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २० गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।