आईतवार, श्रावण १०,२०८३ 11:28:50
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:28:50
Bizshala
Global IME Bank Limited

हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने, कोरियाली सेयर बजारमा कम्पनीको सेयरमूल्यमा उछाल

हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने, कोरियाली सेयर बजारमा कम्पनीको सेयरमूल्यमा उछाल
New Office

काठमाण्डौ । कोरियाली अटो निर्माता कम्पनी हुन्डाईको भारत युनिटले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमितिका लागि भारतको पूँजी बजार नियामक‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया’मा आवश्यक कागजात पेश गरेको छ ।  

रिपोर्टका अनुसार कम्पनीले जारी गर्ने आईपीओ भारतको पूँजी बजार इतिहासको अहिलेसम्मकै ठूलो हुनेछ । हुन्डाईको आईपीओको आकार ३ अर्ब डलरबराबर(२५ हजार करोड भारु) हुनेछ । यसअघि भारतको सबैभन्दा ठूलो आईपीओ सरकारी स्वामित्वको बीमा कम्पनी एलआईसी भारतले निष्कासन गरेको थियो । एलआईसीले २१ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।  

विश्व अटो बजारमा दिग्गज कम्पनीको रुपमा परिचित हुन्डाईले भारतमा समेत आफ्नो दबदवा कायम राखेको छ ।  

कम्पनीको आईपीओ भारतको सेयर बजारमा यो वर्षको अन्त्यसम्म सूचीकृत हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले भारतमा आईपीओ निष्कासन गर्ने खबर बाहिरिएसँगै कोरियाली स्टक एक्सचेञ्जमा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । १७ जुनमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३.९२ प्रतिशतले बढेर २ लाख ७८ हजार ५ सय कोरियन वन पुगेको छ । यो दिन कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतसम्मको उछाल आएको थियो । इन्ट्रा डे कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ लाख ८५ हजार वनसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । -एजेन्सी 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.