सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी असार १७गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य ३०८ रुपैयाँ निर्धारण गरिएको छ ।