शुक्रबार, असार १३,२०८२ 03:10:42
  • शुक्रबार, असार १३,२०८२ 03:10:42
Global IME Bank Limited

आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी

Hyundai Nepal
आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डले लामो समयदेखि रोकि राखेको धितोपत्र निष्कासनको प्रक्रियालाई अघि बढाएको छ । बोर्डले आज हिमालयन उर्जालाई हकप्रद निष्कासनको अनुमति दिएको छ ।  

धितोपत्र बोर्डका प्रवक्ता नबराज अधिकारीका अनुसार अब बोर्ड बैठक बसेर आईपीओ एफपीओ तथा हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी दिए । हाल धितोपत्र बोर्डको पाइपलाइनमा १६ वटा जलविद्युत कम्पनीसहित ३५ वटा कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ पाइपलाइनमा छ । जसमा जगदम्बा स्टिलको मात्रै ६ अर्वबराबरको सेयर रहेको छ । मारुती र सूर्य  सिमेन्टको पनि सेयर पाइपलाइनमा छ ।  

त्यसैगरि, हिमालय बैंकले पनि एफपीओ ल्याउने प्रक्रिया अघि बढाएको छ । बैंकले एफपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको अहिलेको पूँजी संरचना अनुसार  आफ्नो चुक्ता पूँजीको १४ प्रतिशत सम्म एफपीओ ल्याउन सक्छ । बैंकले एक सय रुपैयाँमा नै एफपीओ ल्याएता पनि करिब ३ अर्ब रुपैयाँबराबर हुन जान्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस बाहेक विभिन्न कम्पनीको कुल २५ करोडबराबरको एफपीओ पाइपलाइनमा रहेको छ । यस हिसाबले यदि धितोपत्र बोर्डले आइपीओ र एफपीओ अघि बढाएको खण्डमा बजारबाट ३१ अर्ब रुपैयाँ भन्दा बढी पैसा बजारबाट बाहिरिने देखिन्छ ।

त्यसैगरि, विभिन्न १२ वटा कम्पनीहरुको ५ अर्ब माथि हकप्रद पाइप लाइनमा रहेको छ । यस हिसाबले आईपीओ , एफपीओ र हकप्रद गरेर कुल ३६ अर्ब रुपैयाँ भन्दा माथि धितोपत्र बोर्डमा पाइपलाइनमा रहेको छ । यद्यपी बोर्डले प्रक्रिया अघि बढाएता पनि सबै कम्पनी दोस्रो बजारमा आउन भने एक वर्ष भन्दा बढी समय लाग्न सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.