काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै सूचक राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.५४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले घटेको छ । बीमा समूहहरु घटेपनि आज १० वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.१८ पतिशतले बढेर ६४४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, जीवन बीमातर्फ नेशनल लाइफको ०.१३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१२ प्रतिशतले सेयरभाउ बढेको छ । भने निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्सको ०.७६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.२३ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरभाउ बढेको छ । यता पुनर्बीमा तर्फको हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ भने ०.६४ प्रतिशतले बृद्धि भएको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७६ प्रतिशतले घटेर ७८७ रुपैयाँ कायम भएको छ । यसका साथै, सानिमा जिआइसीको ०.७५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७१ प्रतिशत, आइएमई लाइफको ०.७० प्रतिशत, सलिकोको ०.५५ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत, सिटजन लाइफको ०.४१ प्रतिशत, एशियन लाइफको ०.३६ प्रतिशत, सुर्यज्योति लाइफको ०.३५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                