काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो सञ्चालक समितिमा कार्यरत सञ्चालकहरूको पदावधि आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मका लागि थप गर्ने निर्णय गरेको छ।
कम्पनीका संस्थापक सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति अध्यक्ष रामचन्द्र शर्मा, सञ्चालकहरू कृष्णराज अधिकारी, हरिदत्त पौडेल र रमा सापकोटा तथा स्वतन्त्र सञ्चालक बाबुराम अर्यालको साविक पदावधि यही असार २९ गते समाप्त हुने भएको थियो।
यस सम्बन्धमा असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सञ्चालकहरूको पदावधि आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो।

