आईतवार, जेष्ठ ३,२०८३ 09:21:11
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:21:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल, वाणिज्य बैंक थप कमजोर बन्दै

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल, वाणिज्य बैंक थप कमजोर बन्दै
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको समूह तथा उपसूचक १३ वटा छन् ।  

जसमध्ये चालु आर्थिक वर्षको १० महिनासम्ममा बीमा समूहबाट सर्वाधिक धितोपत्र सूचीकृत भएका छन् । यसर्थ बीमा समूहले धितोपत्र बजार पुँजीकरणमा सर्वाधिक हिस्सा थप्न सफल भएको छ ।  

नेप्सेमा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । वैशाख मसान्तसम्म बीमा समूहबाट ३२ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । जुन यो गत वर्षको तुलनामा १३०।८३ प्रतिशतले बढी हो ।  

गत वर्षको वैशाख मसान्तसम्म बीमा समूहबाट १४ अर्ब ४ करोड ६ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

चालु आर्थिक वर्षमा प्रिमियम मूल्यमा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका कारण पनि बीमा समूहबाट धितोपत्र बजार पुँजीकरणमा उल्लेख्य हिस्सा थपिएको हो ।  

यसका साथै बीमा कम्पनीहरुले अन्य समूहका कम्पनीहरुको तुलनामा केही प्रतिशत भएपनि बोनस सेयर वितरण गरेकाले चालु आवमा सर्वाधिक धितोपत्र थपिन पुगेको हो ।  

त्यस्तै, विकास बैंक समूहबाट पनि चालु आवको १० महिनामा धितोपत्र बजार पुँजीकरणमा ३२.५२ प्रतिशतले हिस्सा थपिएको छ । गत वर्षको वैशाखसम्म विकास बैंकहरुबाट २ अर्ब ९९ करोड १० लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएकोमा यस वर्षको वैशासम्म ३ अर्ब ९६ करोड ३८ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ ।  

यसका साथै हाइड्रोपावर समूहबाट पनि १०.५३ प्रतिशतले धितोपत्र बजार पुँजीकरणमा हिस्सा थप भएको छ । गत वर्षको वैशाखसम्म यस समूहबाट २८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएकोमा यस वर्षको वैशाखसम्म ३१ अर्ब १६ करोड ३५ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, धितोपत्र बजार पुँजीकरण हिस्सा थप्न वाणिज्य बैंक समूह सर्वाधिक कमजोर देखिएको छ । वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुबाट ३६ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । जुन यो गत वर्षको तुलनामा ८०।३८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुबाट १ खर्ब ८६ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

फाइनान्स समूहबाट पनि जम्मा २३ करोड ७ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । यो गत वर्षको तुलनामा ६३.३० प्रतिशतले कम हो । गत वर्षको वैशाखसम्म फाइनान्स कम्पनीहरुबाट ६२ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

माइक्रोफाइनान्स समूहबाट पनि जम्मा १ अर्ब ४७ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको छ । यो गत वर्षको तुलनामा ३७.६१ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिसम्म माइक्रोफाइनान्स कम्पनीहरुबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

यसैगरी अन्य समूहबाट पनि १९ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । यो गत वर्षको तुलनामा ६०.३८ प्रतिशतले कम हो । गत वर्ष अन्य समूहबाट ४९ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.