काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा उपसूचक राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६८ प्रतिशत र निर्जीवन बीमा समूह ०.४५ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ६ वटा बीमा कम्पनीका सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२३ प्रतिशतले बृद्धि भई ५६८.७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरभाउ पनि १.०४ प्रतिशतले बढेर ७७६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सूर्यज्योति लाइफको ०.२२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.३८ प्रतिशतले घटेर १३६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.०७ प्रतिशत, एशियन लाइफको १.०६ प्रतिशत, आइएमई लाइफको १.०२ प्रतिशत, सानिमा जिआइसीको ०.९५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९१ प्रतिशत, नेपाल लाइफको ०.८९ प्रतिशत, सन नेपाल लाइफको ०.८४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८० प्रतिशत, एनएलजीको ०.७७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७६ प्रतिशत, सिटिजन लाइफको ०.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६० प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत, युनाइटेड अजोडको ०.१८ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                