सोमबार, असार २२,२०८३ 03:14:03
Bizshala
  • सोमबार, असार २२,२०८३ 03:14:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको अटोमोटिभ उद्योगको वर्तमान अवस्था र सम्भावनाबारे ‘सीईओ फोरम’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपालको अटोमोटिभ उद्योगको वर्तमान अवस्था र सम्भावनाबारे  ‘सीईओ फोरम’ सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफले नेपालको अटोमोटिभ उद्योगको वर्तमान अवस्था, चुनौती तथा भावी सम्भावनाबारे केन्द्रित उच्चस्तरीय ‘सीईओ फोरमः बियोन्ड द इन्जिन– नेपालको अटोमोटिभ उद्योगको कथा’ (CEO's Forum: Beyond the Engine: The Story of Nepal's Automotive Industry) आयोजना गरेको छ।

कार्यक्रममा युवा व्यवसायिक नेतृत्व, उद्योगी तथा नीति विज्ञहरूको सहभागितामा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, औद्योगिक विकासका अवसर तथा अटोमोटिभ क्षेत्रको बदलिँदो परिदृश्यबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा नेपालको कर्पोरेट तथा औद्योगिक क्षेत्रका अनुभवी नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

प्यानल छलफलमा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी ९मारुती प्रतिनिधि०, भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि) तथा सिमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि)प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा सीएनआईवाइईएफका नेटवर्क एन्ड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको उद्देश्य र रूपरेखाबारे प्रकाश पारेका थिए। त्यसपछि प्यानलिस्टहरूको परिचयसँगै अटोमोटिभ उद्योगका विविध पक्षमा केन्द्रित अन्तरक्रियात्मक छलफल सञ्चालन गरिएको थियो।

छलफलका क्रममा नेपालको अटोमोटिभ उद्योगले भोगिरहेका संरचनागत तथा नीतिगत चुनौती, औद्योगिक विकासमा देखिएका कानुनी जटिलता, विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव, उपभोक्ता प्रवृत्तिमा आएको परिवर्तन तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत विमर्श गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रमअन्तर्गत आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि, सेवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती, पूर्वाधार विकास तथा उद्योग प्रवर्द्धनसँग सम्बन्धित विविध विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

कार्यक्रमको समापनमा सहजीकर्ता साकेत संघाईले प्यानलिस्टहरूको बहुमूल्य योगदानप्रति आभार व्यक्त गर्दै सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए ।

सीएनआईवाइईएफले यस्ता संवादमूलक कार्यक्रममार्फत निजी क्षेत्र, नीति निर्माता तथा युवा उद्यमीबीच सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको औद्योगिक विकास र आर्थिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.