सोमबार, असार २२,२०८३ 04:21:42
Bizshala
  • सोमबार, असार २२,२०८३ 04:21:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

Laxmi Sunrise Bank Limited
जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाण्डौ  । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग हुन नदिइने बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्रै खर्च हुने स्पष्ट पारे।

उनले मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन,’ मन्त्री तिमिल्सिनाको भनाइ थियो।

New Office
CG Motors
Garima Development Bank

मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति सरकारले लिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा केन्द्रले हालसम्म २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरणलाई मन्त्रालयले प्राथमिकतामा राखेको पनि बताए। सञ्चार पूर्वाधारमा गरिने लगानीले दीर्घकालमा राजस्व अभिवृद्धि, प्राविधिक क्षमता विस्तार र राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री तिमिल्सिनाको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.