सोमबार, असार २२,२०८३ 05:37:14
Bizshala
  • सोमबार, असार २२,२०८३ 05:37:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइ सम्पन्न भएको कृषि विभागको तथ्यांक, मधेशको अवस्था पनि निराशाजनक

Laxmi Sunrise Bank Limited
देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइ सम्पन्न भएको कृषि विभागको तथ्यांक, मधेशको अवस्था पनि निराशाजनक

काडमाण्डौ । असारको तेस्रो साता बितिसक्दा पनि यस वर्ष देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन ।

कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेको भएपनि अहिले सम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको विभाग जनाएको छ ।

गत वर्ष यो अवधिमा देशभर ४५ प्रतिशत रोपाइँ भइसकेको भएको  थियो । प्रदेश अनुसारको तथ्यांकलाई हेर्र्दा सुदूरपश्चिम प्रदेशमा भने रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको विभागले जनाएको छ ।

कृषि विभागको तथ्यांकअनुसार सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ । यो भनेको कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो । गत वर्ष यहाँ यसै अवधिमा ८२.८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गएको वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।

यस्तै लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ । यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम देखिएको हो ।

बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाइँ भएको विभागको तथ्यांक छ । बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

यस वर्ष धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था भने निराशाजनक छ । देशमै सबैभन्दा धेरै अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असार तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको जम्मा १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो । गएको वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.