बुधबार, असार १८,२०८२ 10:18:55
  • बुधबार, असार १८,२०८२ 10:18:55
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका १६ वटा विकास बैंकहरुमध्येको एक हो । ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो । स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यसबेला जम्मा १ करोड ३० लाख रुपैयाँमात्रै पूँजी थियो । हाल यो बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ ।  

मुक्तिनाथका १७८ शाखा छन् । जसमा उपत्यकामा ३३ वटा छन् भने बाँकी शाखा भने माइक्रोफाइनान्स सेवा प्रवाह गर्न ग्रामीण भेगमा आधार बनाएर चलेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ करोड २ लाख रुपैयाँ रहेको छ ।  

त्यसैगरि, बैंकको जगेडा कोष ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी १० अर्ब ११ करोड रुपैैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ८७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख मात्रै छ भने कम्पनीको प्रतिसेयर आम्दानी १६.५ प्रतिशत रहेको छ ।  

यस्तै कम्पनीको बुक भ्यालु १४३.४८ रुपैयाँ रहेको छ । कम्पनीको रिटर्न अन इक्विटी ११.५ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५९ प्रतिशत कम हो । कम्पनीको खराब कर्जा अनुपात २.०२ प्रतिशत छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटरको आधारमा हाल कम्पनीको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण सामान्य छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ४४६ रुपैयाँ र न्यून मुल्य ३३६ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर २२.४ प्रतिशत रहेको छ । कम्पनीले ४ पटक गरेर १३५ प्रतिशत हकप्रद निष्कासन गरेको छ ।  

बोलिङगर ब्याण्डको आधारम यो कम्पनीको सेयर भाउ लामो समय ३४० देखि ३९३ सम्म साइड वेज चलेको छ । हाल पनि मध्य ब्याण्ड भन्दा तल नै चलेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा बनेको छ । यसले निकट भविष्यमा बुलिस क्रस हुन सक्ने सम्भावना रहन्छ । आरएसआई पटक–पटक न्युट्रल जोन ५० मा ठोकिएर तल खसेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिक्री दबाव परेको देखिन्छ । हाल प्रतिकित्ता ३४२ रुपैयाँ रहेको कम्पनीको सेयर यदि आगामी दिनमा रु.३५२ बाट माथि लागेमा अप ट्रेन्डमा चल्न सक्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३६८

प्रतिरोध २ –३६३

प्रतिरोध १– ३५४

पिभट प्वइन्टः ३४९

घटेमा सपोर्ट  

सपोर्ट १– ३४०

सपोर्ट २– ३३५

सपोर्ट  ३ –३२६

निष्कर्षः आधारभूत रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लो समय कम्पनीको रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी खसेको देखिन्छ । कम्पनीको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख मात्रै रहेको छ । कम्पनीले पूँजी बढाउँदै जाँदा रिर्टन अन इक्विटी पनि बढ्दै जानु पर्नेमा घट्दै गएको छ । यद्यपी कम्पनीको प्रतिसेयर आम्दानी र बुक भ्यालु भने सन्तोषजनक नै देखिन्छ । प्राविधिक रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लोपटक सेयरको भाउ ३ वर्ष अगाडिकै अवस्थामा आएको छ ।  

बोलिङ्गर ब्याण्ड र पिभट् मार्फत नियाल्दा कम्पनीको सेयर भाउमा सामान्य उतारचढाव आएको देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा करिब–करिब बुलिस क्रस ओभर बन्दै गरेको देखिन्छ । हाल प्रतिकित्ता मूल्य ३४३ रहेको यस कम्पनीको सेयर भाउ यदि रु.३५२ भन्दा माथि लागेमा अप ट्रेन्ड लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.