विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गरेको हो । संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न...