काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालका लघुवित्त कम्पनीहरु मध्ये एक हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापना सन् २००१ मा भएको हो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवद्र्धन गरेका छन् । यो कम्पनी नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत कम्पनी हो ।
आधारभुत पक्षः
यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैँया रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ४३ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी करिब ३१ रुपैयाँ , बुक भ्यालु १९५ रुपैयाँ , रिर्टन अन इक्विटी १६ प्रतिशत , खराव कर्जा ८.६६ प्रतिशत रहेको छ ।
प्राबिधिक पक्षः
इलिअट वेभ
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एक सय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन्।इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। यस आधारमा यो कम्पनीको पाँचौ वेभ चल्दा कम्पनीको सेयरको मूल्य १२५० सम्म पुग्न पनि सक्छ ।
फियर एण्ड ग्रिड इन्डेक्स
यस आधारमा यो कम्पनीको सेयर भाउ हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यसको आधारमा यो कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण सामान्य रहेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता १०६४ र न्यूनतम मूल्य ७६० रुपैयाँ रहेको छ । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर सर्वसाधारण तर्फ रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांश २८ प्रतिशत रहेको छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी लामो समयदेखि साइडवेजमा चलेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्ड साँघुरिएको छ । तर आज मूल्य रेखाले मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बिस्तारै अप ट्रेन्डमा चलेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ९३९
प्रतिरोध २ – ८९४
प्रतिरोध १– ८५०
पिभट् प्वइन्टः ८०५
घटेमा सपोर्ट
सपोर्ट १– ७६१
सपोर्ट २– ७१६
सपोर्ट ३ –६७२

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ रहेको छ भने कम्पनीको बुक भ्यालु १९५ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १६ प्रतिशत रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर २८ प्रतिशत रहेको छ । प्राबिधिक रुपमा यो कम्पनी बिस्तारै बुलिस यात्रा तर्फ चल्दै गरको देखिन्छ । हाल ८ सय आसपास रहेको यो कम्पनीको सेयर भाउ आगामी दिनमा बढेको खण्डमा प्रतिकित्ता १२ सय भन्दा माथि पुग्न सक्ने देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।