शनिबार, फाल्गुन २,२०८२ 04:43:59
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 04:43:59
Bizshala
Global IME Bank Limited

अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !

अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !
Shivam Cement

काठमाण्डौ ।  सीडीएससीले हाल नयाँ एपीआई पोलिसी लागू गरेको छ । हाल नयाँ एपीआई पोलिसी नयाँ टीएमएस लिने ब्रोकरहरुले मात्रै प्रयोग गरेका छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार नयाँ एपीआई अपग्रेड गरेका नयाँ तथा पुराना टीएमएस चलाउने सबै ब्रोकरहरुबाट खातमा आएकै दिनमा सेयर बेच्न मिल्ने छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘हाल नयाँ टीएमएस लिएका ब्रोकरहरुले नयाँ एपीआई अपग्रेड गरेका कारण खातामा आएको दिनमा नै सेयर बेच्न सकेका हुन सक्छन्’ न्यौपानेले भने । जस्तो उदाहरणका लागि कसैले आइतबार सेयर किन्यो भने सोमबार ब्रोकरहरुको पुल खातामा आउने गर्छ । मंगलबार भने लगानीकर्ताहरुको खातामा आउने गर्छ । हालको एपीआईमा लगानीकर्ताहरुले बुधबार मात्रै सेयर बेच्न मिल्छ ।  

तर नयाँ एपीआई लिनेहरुले भने यदि सेयर ३ बजे भित्रमा डीपीहरुले लगानीकर्ताको खातामा सेयर हालिदिएको खण्डमा खातामा आएकै दिनमा पनि सेयर बेच्न मिल्ने प्रवक्ता न्यौपानेले जानकारी दिए । यसको अर्थ नयाँ टीएमएस लिएका ब्रोकरबाट मात्रै यो मिल्ने भन्ने होइन । अब यदि पुराना टीएमएस लिएका ब्रोकरहरुले पनि नयाँ एपीआई अपग्रेड गरेको खण्डमा खातामा नै सेयर आएको दिनमा सेयर बेच्न सक्ने छन् । यसको अलावा यदि कसैले सेयर प्लेजमा राखेको थियो भने पनि अब रिलिज भएकै दिनमा पनि सेयर बेचेर सेटलमेन्ट गर्न सक्ने प्रवक्ता न्यौपानेले जानकारी दिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.