सेयर बजारमा आएको गिरावटबारे ट्रम्पको टिप्पणी ,‘कहिलेकाही अवस्था सुधार्न औषधि खानुपर्छ’
काठमाण्डो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमाथि लगाइएको रेसिप्रोकल ट्यारिफका कारण अमेरिकी सेयर बजारमा आएको ठूलो गिरावटबारे प्रतिक्रिया दिएका छन् । ट्रम्पले केही अवस्थालाई राम्रो बनाउनका लागि कहिलेकाही केही कदमहरु चाल्नुपर्ने बताएका छन् । उनले मिडियालाई भने, ‘म कुनै पनि कुरामा गिरावट चाहन्न, तर कहिलेकाहीँ केही कुरा राम्रो बनाउन औषधि लिनु पर्छ।’...

