'जहाजमा लुक्ने कुनै ठाउँ छैन, आकाशबाट के खस्ला भन्ने त्रास छ': इराननजिकै समुद्रमा फसेका पानीजहाज कामदारको हृदयविदारक बयान
काठमाण्डौ । अमेरिकी–इजरेली आक्रमणको प्रत्युत्तरस्वरूप इरानले हर्मुज स्ट्रेट पार गर्न खोज्ने जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएपछि पर्सियन खाडीको समुद्री मार्ग अहिले युद्धको छायाँमा परेको छ। विश्वकै सबैभन्दा व्यस्त तेल यातायात मार्ग मानिने उक्त क्षेत्र अहिले ट्याङ्कर र मालवाहक जहाजमा काम गर्ने हजारौँ कामदारका लागि भयावह कार्यस्थलमा परिणत भएको छ।समुद्रमा काम...

