सुनको मूल्यमा एकैदिन १५४ डलरको उछाल, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ उचाई हासिल गरेको छ । आजको कारोबारमा सुनको भाउ ३.०४ प्रतिशत अर्थात १५६ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार २४० डलरमा कारोबार भईरहेको छ । विश्व भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।

