अमेरिका–इरान सहमतिपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाण्डौ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमतिसम्बन्धी घोषणा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग समझदारी कायम भएको र इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने जानकारी दिएसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको हो।

