तीन दिनमा सुन ६.५१% र चाँदी ८.२८% ले घट्यो, पछिल्लो अपडेट के छ ?
काठमाण्डौ । सुनको मूल्य तीन दिनमा ६.५१ प्रतिशतले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य ९ प्रतिशतसम्मले घटेको थियो । पछिल्ला केही घण्टा चाहिँ घट्न बन्द भएर सुधा हुन खोज्दा मूल्य केही सम्हालिएको छ । जसका कारण तीन दिनको अवधिमा सुनको मूल्य ६.५१ प्रतिशतले घटेको देखिएको हो ।

