इरान-अमेरिका वार्ता फेरि सुरु हुने संकेत
काठमाण्डौ । पाकिस्तानले ईरान र संयुक्त राज्य अमेरिका बीच चाँडै अर्को चरणको वार्ता सुरु हुन सक्ने संकेत दिएको छ।पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ ले पछिल्लो समय बनेको सकारात्मक वातावरण र जारी युद्धविरामलाई ध्यानमा राख्दै दुई देशबीच संवाद पुनः अघि बढ्ने अपेक्षा व्यक्त गरेका हुन्।

