Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:40:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माइक्रोसफ्टले २.१% कर्मचारी निकाल्ने, एक्सबक्स डिभिजनमा ठूलो असर पर्ने

Laxmi Sunrise Bank Limited
माइक्रोसफ्टले २.१% कर्मचारी निकाल्ने, एक्सबक्स डिभिजनमा ठूलो असर पर्ने

काठमाण्डौ । विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारीको रोजगारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कर्मचारी संख्याको करिब २.१ प्रतिशत हो। कम्पनीको पछिल्लो पुनर्संरचना योजनाअन्तर्गत सबैभन्दा ठूलो प्रभाव यसको गेमिङ शाखा एक्सबक्स मा पर्ने भएको छ।

माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीलाई पठाएको सन्देशमा तीव्र रूपमा परिवर्तन भइरहेको प्रविधि उद्योगमा कम्पनीले ग्राहकलाई बढी मूल्य प्रदान गर्ने क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्।

New Office
CG Motors
Garima Development Bank

पुनर्संरचनाको पहिलो चरणमा एक्सबक्स डिभिजनमा १६ सय भन्दा बढी पद तत्काल हटाइनेछ। साथै, आगामी एक वर्षभित्र थप रोजगारी कटौती हुने योजना रहेको बताइएको छ।

हालै एक्सबक्सको प्रमुख बनेकी आशा शर्माले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीले एक्सबक्सको इतिहासकै ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरेको उल्लेख गरेकी छन्। उनले यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउन नभई भविष्यमा अझ बलियो र विस्तार गर्नका लागि गरिएको बताएकी छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस पुनर्संरचनाअन्तर्गत केही गेम विकास स्टुडियोहरूको संरचनामा पनि परिवर्तन गरिनेछ। कम्पनीले कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन, निन्जा थ्योरी र अनडेड ल्याब्सजस्ता स्टुडियोहरूलाई पुनर्गठन गर्ने योजना बनाएको छ।

आशा शर्माका अनुसार लामो समयसम्म सफल रहेका कम्पनीहरूले पनि बदलिँदो बजारअनुसार आफूलाई परिवर्तन गर्न नसके भविष्यमा चुनौती सामना गर्नुपर्ने हुन्छ। त्यसैले एक्सबक्सले दीर्घकालीन वृद्धि र प्रतिस्पर्धाका लागि आफ्नो रणनीति परिवर्तन गरिरहेको उनको भनाइ छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.