अमेरिका-भेनेजुएला तनाव उत्कर्षमा, अमेरिकाले तेल ट्याङ्कर कब्जामा लियो
काठमाण्डौ । दक्षिण अमेरिकामा तनाव झनै बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएसँगै तनाव बढेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामीले भेनेजुएलाको तटबाट भर्खरै एउटा ट्याङ्कर जफत गरेका छौं, यो धेरै ठूलो छ, वास्तवमा अहिलेसम्मको सबैभन्दा ठूलो ट्याङ्कर जफत गरिएको छ।’

