आठ विश्वविद्यालयका उपकुलपति बन्न २१८ जनाको प्रतिस्पर्धा, त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन
काठमाण्डौं । देशका आठ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि २१८ जनाले आवेदन दिएसँगै उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया अहिले राष्ट्रिय चासोको विषय बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार उम्मेदवारहरूको विस्तृत नामावली सार्वजनिक गर्दै नयाँ उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा शुरु भएको जनाएको हो ।

