दुर्घटना हुनबाट जोगियो एयर इण्डियाको विमान
काठमाण्डौ । एयर इण्डियाको विमान दुर्घटना हुनबाट जोगिएको छ । सोमबार भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल विमानस्थलमा केरेलाको कोच्चि विमानस्थलबाट मुम्बई आएको एयर इण्डियाको फ्लाइट एआई–२७४४ विमान अवतरणपश्चात रनवेमा चिप्लिएको हो ।