काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाइएको छ । स्काई न्यूजले भारतीय स्थानिय प्रहरीलाई उदृत गर्दै दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाएको हो ।
उक्त विमानमा १६९ जना भारतका ५३ जना बेलायत ७ जना पोर्चुगल र एकजना क्यानेडेली नागरिक सवार थिए । उक्त विमान आज दिउँसो साढे १ बजेतिर अहमदावादमा रहेको सिभिल हस्पिटलका इन्टर्न डाक्टरहरु बस्ने भवनमा ठोकिएको थियो । उक्त भवनमा ५०–६० जना इन्टर्न डाक्टर रहेको जनाइएको छ ।
दुर्घटनापश्चात आगोसहित धुँवाको ठूलो मुस्लो निस्किएको देखिएको थियो । अहमदावादबाट बेलायतको गेटविकका लागि उडेको विमान केही समयमै दुर्घटनामा परेको थियो ।