मंगलवार, जेष्ठ १२,२०८३ 04:33:42
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 04:33:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा सामान्य अंकको करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा सामान्य अंकको करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)आज घटेको हो ।  

मंगलबारको कारोबार नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २ हजार ७७७.१० विन्दुमा सीमित बनेको छ । आज ३४२ वटा स्क्रिप्टको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाखमा किनबेच भयो ।  

यस्तै आज बलिया तथा राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले घटेर ४७४.२९ विन्दुमा झर्यो ।  

Bizshala
New Office
CG Motors

आजको बजारबारे नेपाल सेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘अघिल्लो दिन सेयर बजार दोहोरो अङ्कले बढ्दा ट्रेडरहरूले नाफा बुक गरेका कारण आज सामान्य करेक्सन देखिएको हो । बजारमा अझै ठूला लगानीकर्ता तथा ठूला खरिदकर्ताहरू सक्रिय रूपमा लागिपरेका छैनन्, जसकारण बजार दिगो हुन सकिरहेको छैन। सेयर लगानीकर्ताहरू बजेटको प्रतिक्षामा छन्।’

उनले थपे, ‘आगामी आर्थिक वर्षको बजेटमा नीतिगत कुराहरू, करका विषयहरू तथा कार्ययोजनाका कुरा रिफ्लेक्ट हुन्छ भन्ने आम लगानीकर्तामा आशा छ। अबको बजार कता जान्छ भन्ने बजेटले नै निर्धारण गर्नेछ। सम्भवत बजेपछि बजारले एउटा फड्को मार्ने लगानीकर्ताहरूको विश्वास छ । आजको करेक्सनलाई सामान्य रूपमा नाफा बुक मात्रै मान्न सकिन्छ।’  

कुन समूहमा भयो कतिको थपघट ?

आज १३ वटा समूहमध्ये दु्ईवटा बाहेक अन्य सबैभमा रातो पोतियो । आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.२५ र ०.३५ प्रतिशतले बढ्यो ।  

आज लघुवित्त समूह सर्वाधिक अर्थात ०.५६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.४४, होटल ०.०५, हाईड्रो ०.३८, लगानी ०.६९,जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४७ र लघुवित्त ०.५६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु  

आज कारोबार भएका कम्पनीहरुमध्ये आँखुखोला जलसविद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४६ करोड ७२ लाख बढीको सेयर कारोबार भयो । यस्तै, रिडी पावरको १६ करोड ५९ लाख, साहस उर्जाको १४ करोड १६ लाख, ङादी ग्रुप पावरको १३ करोड ७३ लाख र अपि पावरको १३ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु  

आज कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कालिञ्चोक हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.२३ प्रतिशतले बढ्यो । यस्तै कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयरमूल्य ६ प्रतिशत, त्रिशुली जलविद्युतको ५.८६ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ५.६५ प्रतिशतले बढ्यो ।  

आज सुपरखुदी हाईड्रोपावर सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ३.६० प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.