काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परी भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । भाजका राज्यसभा सांसद परिमल नाथवानीले एक्समा यसबारे जानकारी दिएका हुन् ।
तथापी उनले यो पोष्ट केही समयमा डिलिट गरेका थिए । भारतीय मिडियाहरुले पूर्व मुख्यमन्त्री उक्त दुर्घटनामा बाच्न सफल नभएको बताएका छन् ।
उक्त दुर्घटनामा १०० जनाकोे शव प्राप्त भएको जनाएको छ । धेरैजसो शवको पहिचान गर्न कठिनाई भईरहेको भारतीय मिडियाले लेखेका छन् । शवको पहिचान डीएनए परीक्षणपश्चात मात्रै हुने जनाइएको छ ।
उक्त विमानमा ५३ जना बेलायत ७ जना पोर्चुगल र एकजना क्यानेडेली नागरिक सवार थिए । उक्त विमान आज दिउँसो साढे १ बजेतिर अहमदावादमा रहेको सिभिल हस्पिटलका इन्टर्न डाक्टरहरु बस्ने भवनमा ठोकिएको थियो । उक्त भवनमा ५०–६० जना इन्टर्न डाक्टर रहेको जनाइएको छ ।