एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
काठमाण्डौ । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।