काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको एशियन कंक्रिटो लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ७ गते नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको जारी पूँजी परिवर्तन गर्ने, साधारण सेयर र सर्वसाधारण सेयरको अनुपात परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न गत कात्तिक १९ गते साधारण सभा डाकेको थियो ।

