उपसभामुख पदका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामाबीच प्रतिस्पर्धा
काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भिड्ने भएका छन् । योसँगै दुईबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । संसद सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा दुवै जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका...

