देशभर बाढी–पहिरोको असर, विभिन्न राजमार्गमा यातायात अवरुद्ध, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन
काठमाण्डौँ । देशभर मनसुन सक्रिय भएसँगै लगातारको वर्षाले विभिन्न राजमार्ग तथा सडक सञ्जालमा गम्भीर प्रभाव पार्न थालेको छ।बाढी, पहिरो र सम्भावित प्राकृतिक जोखिमका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा यातायात आंशिकदेखि पूर्ण रूपमा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।

