बीपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र आंशिक सञ्चालनको तयारी
काठमाण्डौ । गत असोजको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्ड पुनर्निर्माण तीव्र गतिमा अघि बढाइएको छ। सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सनको सट्टा निर्माणाधीन मुख्य सडक संरचनाबाटै यातायात सञ्चालन गर्ने तयारी गरेको छ।

