शनिबार, जेष्ठ ९,२०८३ 07:34:14
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 07:34:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने

Laxmi Sunrise Bank Limited
बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने
Shivam Cement

काठमाण्डौं । बीपी राजमार्गको पुनर्निर्माणअन्तर्गत सबैभन्दा जटिल मानिएको चारसयबेँसी खण्डको नयाँ सडक ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  

निर्माणाधीन खण्डमा तीव्र गतिमा काम भइरहेको र निर्धारित समयसीमाभित्र मुख्य मार्ग खुलाउने लक्ष्यका साथ काम अगाडि बढाइएको सरोकारवालाले बताएका छन् ।

Bizshala
New Office
CG Motors

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले स्थलगत निरीक्षणपछि आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिएका छन् ।  

उनका अनुसार माथिल्लो मुख्य ट्रयाकको अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको छ र अब अन्तिम चरणका निर्माण गतिविधि जारी छन् ।

हाल यातायात सेवा वैकल्पिक तल्लो मार्गमार्फत सञ्चालन भइरहेको छ ।

निर्माण कार्यलाई प्रभावित हुन नदिन मुख्य ट्रयाक सर्वसाधारणका लागि तत्काल खुला नगरिएको भएपनि आवश्यक परे आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने अवस्थामा रहेको प्राविधिक टोलीले जनाएको छ ।

निरीक्षणका क्रममा प्राविधिकहरूले ट्रयाकको आधार निर्माण सम्पन्न भएको र केही स्थानमा मात्र सुरक्षात्मक पर्खाल तथा थप संरचनागत काम बाँकी रहेको जानकारी दिएका छन् ।  

पछिल्ला १५ दिनभित्र कठिन भू–भागमा नयाँ मार्ग तयार पार्ने काम उल्लेखनीय रूपमा अघि बढेको बताइएको छ ।

अब बाँकी रहेको फिलिङ, ढलान, पर्खाल तथा सुरक्षात्मक संरचना निर्माणको काम सम्पन्न गरी छोटो समयमै मुख्य मार्ग सञ्चालनमा ल्याउने योजना रहेको छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit

आयोजना पक्षका अनुसार मौसमले साथ दिए निर्धारित समयभित्र सवारीसाधनलाई माथिल्लो ट्रयाकबाटै सञ्चालन गर्ने वातावरण तयार हुनेछ ।

करिब १० किलोमिटर क्षेत्रफलमा फैलिएको यस परियोजनामा दैनिक करिब १०० जना कामदार खटिएका छन् ।

स्थानीय तह, यात्रु तथा सरोकारवालाले कामको गति बढाउन तीन सिफ्ट प्रणाली लागू गर्न सुझाव दिएपनि कामदारको स्वास्थ्य अवस्था, सुरक्षा र कार्यक्षमता कायम राख्न हाल दैनिक १० घण्टाको कार्यतालिका अपनाइएको बताइएको छ ।

परियोजनाको भकुण्डेबेँसी क्षेत्रका अधिकांश जटिल निर्माण कार्य सम्पन्न भइसकेकाले अहिले ४२० मिटर लामो चारसयबेँसी भागलाई अन्तिम चुनौतीपूर्ण बिन्दुका रूपमा हेरिएको छ ।

सडकको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न माटोयुक्त स्थानमा रिटेनिङ वाल तथा चट्टानी क्षेत्रमा सुरक्षात्मक प्रोटेक्सन संरचना निर्माणको कामसमेत समानान्तर रूपमा भइरहेको छ ।

आयोजना व्यवस्थापन पक्षले आगामी असार १५ गतेसम्म उक्त खण्डलाई पूर्णरूपमा सुरक्षित, व्यवस्थित र नियमित सञ्चालनयोग्य बनाउने लक्ष्य लिएको जनाएको छ ।  

निर्माण सम्पन्न भएपछि बीपी राजमार्गको यातायात आवागमन थप सहज र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.