बिहीबार, बैशाख ३१,२०८३ 09:05:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:05:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द

Laxmi Sunrise Bank Limited
बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द
Shivam Cement

काठमाण्डौं । सम्भावित बाढी, पहिरो तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।  

प्रहरी प्रधान कार्यालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवै सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालन रोकिएको जनाएको हो ।

Bizshala
New Office
CG Motors

प्रहरी प्रधान कार्यालयद्वारा बुधबार जारी सूचनाअनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।  

मौसममा आएको परिवर्तनसँगै बाढी र पहिरोको जोखिम बढेपछि वैशाख २१ गतेदेखि अर्को आदेश नभएसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन बन्द गरिएको हो ।

प्रहरीका अनुसार वर्षायाम नजिकिएसँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, सडक माथिबाट पहिरो झर्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले सावधानीस्वरूप यस्तो निर्णय गरिएको हो । 

विशेषगरी रातिको समयमा दृश्यता कम हुने र उद्धार तथा व्यवस्थापनमा कठिनाइ हुने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै रात्रिकालीन यातायात बन्द गरिएको जनाइएको छ ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ अन्तर्गत च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि सवारी सञ्चालन रोकिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्रहरीका अनुसार च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने तथा विस्तार गर्ने कार्य जारी रहेकाले माथिबाट ढुङ्गा, माटो र पहिरो खस्ने जोखिम बढेको छ ।

सो जोखिमलाई मध्यनजर गर्दै वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा सम्पूर्ण सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।  

सडक निर्माणका क्रममा दुर्घटनाको सम्भावना बढ्न सक्ने भएकाले केही दिनका लागि यातायात पूर्ण रूपमा रोकिएको हो ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसम प्रतिकूल भएका बेला अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।  

साथै, सडक अवरोधका कारण यात्रामा समस्या हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.