भारतीय शेयर बजारमा भारी गिरावट, सेन्सेक्स ८०० अंकभन्दा बढीले खस्यो
काठमाण्डौं । साताको पहिलो कारोबार दिन भारतीय शेयर बजारमा भारी गिरावट देखिएको छ । बजार खुलेलगत्तै बीएसई सेन्सेक्स ८२१ अंकले घटेर ७३,४२१ को स्तरमा पुगेको छ भने एनएसई निफ्टी–५० पनि २८६ अंकले घट्दै २३,०८० को स्तरमा कारोबार शुरु भएको छ ।

