सुतिरहेका बेला स्कूलमा भीषण आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ विद्यार्थी घाइते
काठमाण्डौं । पूर्वी अफ्रिकी मुलुक केन्यामा भएको भीषण आगलागीमा परी कम्तीमा १६ विद्यार्थीको ज्यान गएको छ भने दर्जनौँ विद्यार्थी घाइते भएका छन् । राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा घटना भएको हो ।

