Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 05:46:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुतिरहेका बेला स्कूलमा भीषण आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ विद्यार्थी घाइते

Laxmi Sunrise Bank Limited
सुतिरहेका बेला स्कूलमा भीषण आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ विद्यार्थी घाइते
Shivam Cement

काठमाण्डौं । पूर्वी अफ्रिकी मुलुक केन्यामा भएको भीषण आगलागीमा परी कम्तीमा १६ विद्यार्थीको ज्यान गएको छ भने दर्जनौँ विद्यार्थी घाइते भएका छन् ।  

राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा घटना भएको हो ।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार उतुमिसी गर्ल्स स्कुलको छात्रावासमा बिहीबार बिहान विद्यार्थीहरू सुतिरहेको समयमा अचानक आगलागी भएको थियो ।  

आगो तीव्र रूपमा फैलिँदा धेरै विद्यार्थी बाहिर निस्कन नपाई च्यापिएको बताइएको छ ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार आगलागीमा परी १६ जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ७४ जना घाइते भएका छन् ।  

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

केन्या रेडक्रस र स्थानीय सुरक्षा निकायले घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको बताएका छन् ।  

आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि विद्यालय परिसर बाहिर ठूलो संख्यामा अभिभावक र स्थानीय बासिन्दा भेला भएका थिए । 

Garima Development Bank
Shivam Cement
Bizshala

केन्याली प्रहरी कमाण्डर मसुद म्विनीले घटनालाई “अत्यन्त दुःखद र पीडादायी” भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

केन्याका बोर्डिङ स्कुलहरूमा पछिल्ला वर्षहरूमा आगलागीका घटना बारम्बार दोहोरिँदै आएका छन् ।  

विशेषगरी छात्रावासमा अत्यधिक विद्यार्थी संख्या, कमजोर सुरक्षा मापदण्ड, आपतकालीन निकासको अभाव तथा विद्युत व्यवस्थापनमा लापरवाहीलाई यस्ता दुर्घटनाको मुख्य कारण मानिने गरिएको छ ।

मानव अधिकार तथा बाल सुरक्षा क्षेत्रमा काम गर्ने संस्थाहरूले विद्यालय सुरक्षालाई लिएर सरकारमाथि पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।  

तर, पर्याप्त सुधार हुन नसक्दा यस्ता घटनामा विद्यार्थीले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

पछिल्लो घटनाले फेरि एकपटक केन्याको बोर्डिङ स्कुल सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।  

एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.