आईतवार, असार २८,२०८३ 08:26:32
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:26:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गणेश नेपाली आत्मदाह प्रकरणः घटनास्थलमा खटिएका महानगर प्रहरीलाई निलम्बन गरिने

Laxmi Sunrise Bank Limited
गणेश नेपाली आत्मदाह प्रकरणः घटनास्थलमा खटिएका महानगर प्रहरीलाई निलम्बन गरिने

काठमाण्डौ । गणेश नेपाली आत्मदाह प्रकरणमा काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलमा कार्यरत घटनास्थलमा खटिएका कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको छ।

पीडित परिवारसँग भएको सहमतिअनुसार, घटनाको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि अग्रभागमा खटिएका महानगर प्रहरी कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौमार्फत पत्र पठाउने सहमति भएको हो।

सहमतिको बुँदा नम्बर ३ मा घटनास्थलमा फिल्डको अग्रभागमा खटिएका महानगर प्रहरी कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन तथा सिफारिसका आधारमा थप निर्णय गरिने उल्लेख छ। आयोगको प्रतिवेदन नआएसम्म उनीहरूलाई निलम्बन गर्न महानगरपालिकालाई लेखी पठाउने व्यवस्था गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा लगाइएको ह्विललक हटाउने विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

घटनापछि प्रहरीले महानगर प्रहरी कर्मचारी तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरी घटनाबारे विवरण संकलन गरेको थियो। सोधपुछपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको कारण, जिम्मेवार पक्ष र आवश्यक सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.