वीरगन्जमा विरोध प्रदर्शन रोक्ने निर्णय, कर्फ्यु हटाइयो
काठमाण्डौ । पर्सा जिल्लामा जारी विरोध प्रदर्शनका कारण वीरगन्जमा लागू गरिएको कर्फ्यु आज हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गरेको छ।बैठकमा आन्दोलन वा विरोध प्रदर्शन सञ्चालन गर्न पूर्व सूचना र प्रमुख जिल्ला अधिकारीको अनुमति लिन अनिवार्य गर्ने व्यवस्था...

