सिवाईसी नेपाल लघुवित्तको नाफा २०८% ले बढ्यो, ईपीएस ४४.०९ रुपैयाँ
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ३ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । संस्थाको खुद...