सोमबार, असार २,२०८२ 11:15:31
  • सोमबार, असार २,२०८२ 11:15:31
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको नाफा ९९.४५% ले वृद्धि, खराब कर्जा अनुपात ८.४९% पुग्यो

Hyundai Nepal
सिवाईसी नेपाल लघुवित्तको नाफा ९९.४५% ले वृद्धि, खराब कर्जा अनुपात ८.४९% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.४५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी २९ करोड २२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४०.९४ प्रतिशतले धेरै हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी पनि १९.७० प्रतिशतले बढेर ३१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन खर्च २३ करोड ५ लाख रुपैयाँबाट बढेर २४ करोड ४ लाख रुपैयाँ पुगेको छ ।  

यस्तैअघिल्लो आवमा ३ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा ७ करोड ६२ लाख पुगेको छ ।  

संस्थाले रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढाएको छ । रिटेन्ड अर्निङ २ करोड ३३ लाखबाट बढेर ६ करोड ६६ लाख पुगेको छ । रिजर्भको आकार पनि ३३ करोड ८८ लाखबाट ३८ करोड २२ लाख कायम भएको छ ।  

यो अवधिमा संस्थाले २ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि संस्थाल १ करोड ७९ लाख रुपैयाँको व्यवस्था गरेको छ  । तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ४.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ८.४९ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १४.०२ रुपैयाँ रहेको ईपीएस बढेर २७.९६ रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २६८.५१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५५५.९४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६.९९ गुणा र तरलता अनुपात १५.३६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.